नेपाल वायु सेवा निगमको नयाँ जहाज दुर्घटना हुनबाट जोगियो
Admin
नेपाल ब्युरो– असार १६, काठमाडौँ ।
नेपाल वायु सेवा निगमको नयाँ जहाज एमए ६० अवरतणको क्रममा चरा ठोकिएको छ ।
सोमबार विहान काठमाडौंबाट विराटनगर उडेको जहाज विराटनगर विमानस्थलमा अवरतण गर्ने क्रममा जहाजमा चरा ठोकिएको हो । जहाजका यात्रु भने सकुशल रहेका जहाजमा कुनै क्षती पुगेको छैन, जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
बैशाख १४ गते काठमाडौं अवतरण गरेको जहाज प्रशासनिक तथा प्राविधिक तयारी पूरा नगर्दा ढिलामात्रै व्यापारिक उडान सुरु भएको थियो । सातामा १५ उडान सुरु गरेको ५६ सिट क्षमताको नयाँ जहाजले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान भर्दै आएको छ ।
प्रकाशित मिति: 2014-06-30 05:27:06
प्रतिक्रिया: