नेपाल प्रहरीमा सहायक निरीक्षकमा भर्ना खुल्यो
Admin
नेपाल ब्युरो–साउन ४,काठमाडौँ ।
नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक असईमा भर्ना खुलेको छ ।
प्रहरीले खुल्लातर्फ २ सय ४०, आदिवासी जनजातितर्फ ६६, मधेसीतर्फ ५७ महिलातर्फ ४०, दलिततर्फ ३०, पिछडिएको क्षेत्रतर्फ ११ र अमर प्रहरी तथा अशक्त परिवारकालागि ९ गरी कुल ४ सय ५३ सिटमा भर्ना आह्वान गरिएको छ ।
इच्छुक व्यक्तिले यहि साउन ५ देखि भदौ ४ सम्ममा क्षेत्रीय र अंचल प्रहरी कार्यालयबाट फारम लिएर बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय वा मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र सो सरहको योग्यता भएका १८ वर्ष पुरा भई २४ बर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिनसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-07-20 03:19:30
प्रतिक्रिया: