विचार/ब्लग

बिमल बेल्जियम लागे, एन्डरलेकसंग औपचारिक सम्झौता

Admin


काठमाडौं- राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर शनिबार बेल्जियम गएका छन्। यु–१६ टोलीका कप्तान विमल बेल्जियन क्लब एन्डरलेकसँग आबद्ध भएका छन्। उनीसँग क्लबको एकवर्षे सम्झौता छ।
सम्झौताअनुसार विमलले एन्डरलेकको एकेडेमीमा निःशुल्क प्रशिक्षण गर्न पाउने छन्। दुई महिना एन्डरलेकको विशेष प्रशिक्षण र अभ्यास खेल खेलेर फर्किएका विमलले जेठ २५ मा क्लबले सम्झौता गरेको जानकारी पाएका थिए।
एन्डरलेक पुर्यााउन सहयोग गरेका प्रशिक्षक कोस्टरमार्फत उनले सम्झौताको खबर पाएका थिए। बंगलादेशका तत्कालीन सहायक प्रशिक्षकका रूपमा नेपाल आउँदा डच नागरिक कोस्टरले साफ च्याम्पियनसिपमा विमलको खेल देखेका थिए।
एएफसी यु–१६ च्याम्पियनसिपको तयारीमा रहेको युवा टोली अगस्ट पहिलो साता अभ्यास र प्रशिक्षणका लागि बेल्जियम जाँदैछ। विमल पनि टोलीसँगै बेल्जियम जाने तयारीमा थिए। तर क्लबले आन्तरिक प्रशिक्षणमा बोलाएका कारण विमल शनिबारै बेल्जियम गएको यु–१६ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। उनले भने, 'विमल टोलीका कप्तान हुन्। टोलीमै रहेर प्रशिक्षण गर्दा टिम समन्वय राम्रो बन्दै जान्थ्यो। तर विमल बेल्जियम जाँदा पनि हामीलाई घाटा भने छैन। किनकि उनी युरोपको राम्रो क्लबमा प्रशिक्षण गर्न जाँदैछन्। उनको अनुभवले हामीलाई थप राम्रो र बलियो टोली निमार्णमा सहयोग पुग्नेछ।'
दुई महिना बेल्जियममा प्रशिक्षण गरेर फर्कदा विमलको स्तर राम्रो भएको महर्जनको ठम्याई छ। 'अबको प्रशिक्षणले झन् एएफसी यु–१६ च्याम्पियनसिपलाई राम्रो गर्ने विश्वास छ,' उनको विमलप्रति विश्वास थियो।
विमल युरोपियन क्लबमा एक वर्षका लागि अनुबन्धित हुने पहिलो नेपाली हुन्। एन्डरलेकअघि विमल कोस्टरकै पहलमा नेदरल्यान्ड्सको एफसी ट्वेन्टेमा दुई साता विशेष प्रशिक्षण तथा ट्रायल दिएर फर्केका थिए।
एन्डरलेकको यु–१७ टोलीका लागि अनुबन्धित विमलले ट्रायलक्रममा युरोपकै प्रतिष्ठित फ्युचर कपमा टर्किस टोली फेनेरवाचविरुद्ध एक गोल गरेका थिए।
विमलले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलबाट १५ वर्षमै राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका हुन्। गत वर्ष काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम समयमा वैकल्पिक खेलाडीको जर्सीमा रहेर बराबरी गोल गरेपछि नेपाल सेमिफाइनल पुगेको थियो। विमलको नेतृत्वमा गत वर्ष नै घरेलु मैदानमा नेपाल साफ यु–१६ च्याम्पियनसिपको फाइनल पुग्यो। भुटानविरुद्ध ह्याटि्रक गरेका विमलले प्रतियोगितामा कुल ६ गोल गरेका थिए।
नेपाल यु–१६ साफ च्याम्पियनसिपको फाइनल चरण पुग्दा विमलले महत्वपूर्ण भूमिका खेले। उच्च प्रदर्शन गरेका कप्तान विमलले तुर्कमेनिस्तानविरुद्ध ह्याटि्रक गरेका थिए। च्याम्पियनसिपमा छानिने नेपाल एक्लो दक्षिण एसियाली टोली हो।
प्रकाशित मिति: 2014-07-26 18:11:57
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing