थकाली सेवा समिति जापानका संरक्षक तथा निवर्तमान अध्यक्ष शरद कुमार गौचनले आफ्नो सुपुत्रको जन्मदिनको अवसर पारेर रक्षा नेपालका तिस जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण सँगै खाजा खुवाउने कार्य गरेका छन।
सो अवसरमा गौचनले आफ्नो सन्तानको जन्मदिनमा रक्षा नेपालमा आश्रय लिइरहेका बालबालिकाहरुलाई सानो सदभाव सहितको सहयोग गर्न
पाएकोमा खुशी ब्यक्त गर्दै र छोटो समय भएपनि
बालबालीकासंग बिताएको क्षण अविस्मरणीय
रहने बताए।गौचनले रक्षा नेपाल र संस्थाकी अध्यक्ष
थापाले गर्दै आएको सेवा मुलक एवं पुण्य कार्य प्रसंशानिय रहेको पनि बताएका थिए।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले संस्थाको
गतिबिधि सञ्चालन गर्न जापान लगायतका अन्य मुलुकमा बिभीन्न पेशा र ब्यबसाय गरेर बस्ने
नेपालीहरले सहयोग गरेको बताउदै भविष्यमा निरन्तरताको अपेक्षा गरिएको बताए ।साथै, जन्मदिन मनाईरहेका समिप र सखिमलाई हार्दिक
बधाई दिदै उपस्थित सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्दै धन्यबाद स्वरुप संस्थाको दशबर्षे
क्रियाकलाप समेटिएको किताब र मायाको चिनो प्रदान गरेका थिए ।
काठमाडौंको लैनचौरमा प्रधान कार्यालय रहेको
रक्षा नेपालको शिविरमा यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापारबाट प्रभावित आमाले
जन्मएका २ देखि १२ वर्षसम्मका ३० जना बालबालिकाहरु रहेका छन।उनीहरुको पालनपोषण, शिक्षादीक्षा र समाजमा सम्मानित जीवन यापन
गर्न सक्ने बनाउन र आत्मबल बढाउने खालका खेलकूद तथा तालिमहरु पनि संस्थाले दिदैं आएको
छ ।
गत जुलाई ४ देखी ७ सम्म आयोजना भएको ''बिश्व तेक्वान्दो कल्चरल एक्सफो-२०१४ '' मा रक्षा नेपालका तेक्वान्दो खेलाडीहरुले
बिश्वका शक्तिशाली मुलुकका खेलाडीलाई पराजित गर्दै, ३ वटा गोल्ड मेडल,५ वटा
सिल्भर र ३ वटा ब्रंच मेडल प्राप्त गरेको थियो
।