अमेरिकाले राख्यो एक पाकिस्तानी नागरिकलाई आतंकवादीको सूचीमा
Admin / 2014-08-28 05:46:41
नेपाल ब्युरो– भदौ १२, एजेन्सी ।
आतंककारी समूह लश्कर ए तोयबासँग विदेशी मुद्रा लेनदेन गरेको अभियोगमा अमेरिकाले पाकिस्तानका एक नागरिकलाई आतंकवादीको सूचीमा राखेको छ ।
पाकिस्तानको लाहोरका मोहमद एकवाललाई आतंकवादीको सूचीमा राखेको अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । इकबाल र उनी आवद्ध रहेको कम्पनी आसमा मनी एक्चेन्जमाथि पनि प्रतिबन्ध लगाइएको अमेरिकी रक्षा मन्त्रालयलाई उदृत गर्दै विविसिले जनाएको छ ।
यसैगरी इकबालसँग व्यापार–व्यवसाय नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ । इकबालले लश्कर ए तोयबाका कार्यकर्तालाई रकम उपलब्ध गराउने र विदेशी मुद्रा सटही गर्ने लगायतका गतिविधिमा संलग्न रहेको अमेरिकाको ठहर छ ।
इकबाल फलह ए इंसानियत नामक एक गैरसरकारी संगठनका संस्थापक समेत रहेको अमेरिकाले बताएको छ ।
यसैबीच सो समूहसँग आवद्ध जमात उद दाबाका प्रमुख हाफिज सइदलाई पनि आंतकवादीको सूचीमा राख्दै उनीबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ ।
प्रकाशित मिति: 2014-08-28 05:46:41
प्रतिक्रिया: