सरकारले बाढी पीडितको समस्याको दिर्घकालिन समाधान खोज्छ : थापा
Admin / 2014-09-01 08:42:13
नेपाल ब्युरो– भदौ १६, काठमाडौ ।
वाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापाले सरकारले बाढी प्रभावितहरुको समस्याको दिर्घकालिन समाधान खोज्ने बताउनुभएको छ ।
सरकारले दिर्घकालिनरुपमा बाढीपिडितको समस्याको समाधान गर्ने गरि पहल थालेको बताउनुभएको छ ।
बाढी प्रभावित मध्यपश्चिम क्षेत्रको निरीक्षण पछि आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले सरकारले बाढीबाट विस्थापित भएकाहरुको उचित बसोबासका दिर्घकालिन समाधान दिने बताउनुभयो । बाढीपहिरो पीतिहरुले ठाउँठाउँमा राहत नपाएको गुनासो गरिरहेका बेला मन्त्री थापाले अब कसैलेपनि राहतका लागि समस्या झेल्न नपर्ने आश्वासन दिनुभयो ।
बर्दिया र सुर्खेतमा रकम अभावले नै मृतकका काजक्रिया रोकिएको भन्ने खवर आफुलेपनि पाएको भन्दै मन्त्री थापाले सरकारले जिल्ला तहमा पिडितका लागि पर्याप्त रकम पठाईसकिएको जानकारी दिनुभयो । मध्यपश्चिमका बाढी प्रभावित बाँके, बर्दिया, दाङ्ग र सुर्खेतमा साढे तीन करोड रुपैँया नगद वितरण गरिएको छ।
बाँकेमा १ करोड ५७ लाख ४० हजार, बर्दियामा १ करोड ५८ लाख ४७ हजार, दाङ्गमा २१ लाख ८५ हजार र सुर्खेतमा ५ लाख रुपैँया वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यस्तै खाद्यान्न तर्फ बाँकेमा ६० लाख, बर्दियामा करिव २० लाख, दाङ्गमा ३५ लाख र सुर्खेतमा ५० लाख बराबरको सामग्री वितरण गरिएको छ । गैर खाद्यतर्फ बाँकेमा १ करोढ ९४ लाख ४६ हजार, सुर्खेतमा ९३ लाख ८८ हजार, बर्दियामा १ करोड १० लाख ५० हजार वितरण गरिएको र दाङ्गको तथ्याङ्क भने प्राप्त हुन सकेको छैन् ।
प्रकाशित मिति: 2014-09-01 08:42:13
प्रतिक्रिया: