नेपाली र अमेरिकाकी संयुक्त सैनिक अभ्यास आजदेखि
Admin / 2014-09-08 04:07:40
नेपाल ब्युरो– भदौ २३, काठमाडौ ।
नेपाली र अमेरिकी संयुक्त सैनिक अभ्यास आजदेखि सुरु भएको छ ।
नेपालमा आजदेखि शुरु भएको सैन्य अभ्यासको मकवानपुरको मनहरीमा उद्घाटन भएको हो ।
चितवनको शक्तिखोर, सुनाखरी लगायत स्थानमा हुने अभ्यास ६ दिनसम्म चल्नेछ । एक्स प्यासिफिक एन्जेल २०१४ नाम दिईएको सो अभ्यासमा दुई मुलुकका सैनिकको मेडिकल र ईन्जिनियर तथा सम्बन्धित विज्ञको टोली सहभागी हुनेछ ।
दुई मुलुकका सैनिकबीच युद्धमा घाईते, ब्लाष्ट ईन्जुरी लगायतको उपचार पद्धती साटासाट हुनेछ । साथै विपत व्यवस्थापनबारे पनि अभ्यास हुनेछ । सो अभ्यासमा बंगलादेश, मंगोलिया, चीन लगायत मुलुकका सैनिक पनि सहभागी हुनेछन् ।
प्रकाशित मिति: 2014-09-08 04:07:40
प्रतिक्रिया: