अमेरिकी दूतावासले भिसा आवेदन प्रक्रिया परिवर्तन गर्ने
Admin / 2014-09-15 03:15:50
नेपाल ब्युरो–भदौ ३०, काठमाडौ ।
अमेरिकी दूतावासले आजदेखि भिसा आवेदन प्रक्रिया परिवर्तन गर्ने भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भिषा प्रक्रियाका लागि नयाँ अनलाइन व्यवस्था प्रयोग गर्ने जानकारी दिएको हो ।
अमेरिकाले दिँदै आएको पर्यटक, बिजनेस, विद्यार्थी र अन्य गैरआप्रवासी भिसाका लागि निवेदन तथा भुक्तानी गर्न नयाँ अनलाइन सेवा गर्न सुरू गर्न लागेको प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भदौ ३० गते सोमबारबाट विश्वभरका १२० भन्दा बढी देशहरूमा रहेका अमेरिकी दूतावास तथा कन्सुलेटहरूले नयाँ अनलाइन सेवा प्रयोग गर्ने विज्ञप्तिमा भनिएको छ ।
साथै अन्तर्वार्तामा पास भएका यात्रुसहित नेपालभरका विभिन्न ६ मध्ये १ ठाउँबाट आफ्नो भिसा र पासपोर्ट संकलन गर्न सक्ने विज्ञप्तिमा भनिएको छ । अनलाइन व्यवस्थाका साथसाथै बिहान ८ बजेदेखि राती ८ बजेसम्म नयाँ कल सेन्टरको समेत व्यवस्था गरिने दूताबासले जनाएको छ ।
प्रकाशित मिति: 2014-09-15 03:15:50
प्रतिक्रिया: