नेपाल तामाङ सङ्घ दक्षिण कोरियाको अध्यक्षमा
देवसिं तामाङ निर्वाचित भएका छन् । सङ्घको आज दक्षिण कोरियाको नेपाल हाउसमा सम्पन्न
भएको सातौं अधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो ।काभ्रेका बिद्यार्थि काल देखि
नै तामाङ संस्थाहरुमा सक्रिय रहदै आएका हुन् ।
यसैगरी उपाध्यक्षद्वयमा विकास मोक्तान
(दोलखा) र प्रकाश तामाङ (काभ्रे), सचिवमा
पूर्णबहादुर तामाङ (खोटाङ),
सहसचिवमा जीवी तामाङ (सिन्धुली) र कोषाध्यक्षमा
केन्जीङ योञ्जन (रामेछाप) निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा सन्जीपकुमार गोले
(दोलखा), सुवास तामाङ (नुवाकोट, निरन्जन तामाङ (धादिङ), स्नेह तामाङ (काभ्रे) र रुपक तामाङ (नुवाकोट)
चयन भएका छन् ।
“आफ्नो मौलिक भाषा, धर्म, कला, संस्कार संस्कृतिको संरक्षण एवम् संवद्र्धन गरौं” भन्ने
नारासहित भएको अधिवेशनले ६ जना सल्लाहकार पनि चयन गरेको छ । यसरी सल्लाहकारमा चयन हुनेहरूमा
रेगन तामाङ (धादिङ), इन्द्रमाया तामाङ (काभ्रे), रविन तामाङ (भोजपुर), उर्गेन लामा (दोलखा), उर्केन तामाङ (ओखलढुङ्गा) र टीकाराम तामाङ(सुनसरी)
छन् ।
यसअघि प्रमुख अतिथि कोरियाका लागि नेपाली
राजदूत कमानसिंह लामाले सातौं अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाल
आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाका अध्यक्ष भक्त शेरचन विशेष अतिथिका रूपमा सहभागी
थिए ।
औपचारिक समारोह निवर्तमान अध्यक्ष बिर्ख
तामाङको सभापतित्वमा भएको थियो भने सन्चालन सचिब बिकास मोक्तानले गरेका थिए ।