युक्रेनमा २० लाख मतदाता जोखिममा
Admin / 2014-05-18 07:42:34
नेपाल ब्युरो–जेठ ४, काठमाण्डौं ।
युक्रेनमा राष्ट्रपति निर्वाचनका क्रममा २० लाख मतदाता जोखिममा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति पदको निर्वाचनका समयमा मुलुकको पूर्वी भागमा विद्रोहीको क्षेत्रमा सुरक्षा व्यवस्था गर्न सरकार असफल भए करिब २० लाख जनतालाई मतदान गर्न नदिन सकिने चेतावनी निर्वाचन निकायले दिएको छ । केन्द्रीय निर्वाचन आयोगले पूर्वी दोनेत्स्क तथा लुगान्स्क क्षेत्रमा मे २५ मा निर्वाचन गराउन असम्भव हुने जानकारी दिएको छ । यहाँ रसिया समर्थक विद्रोहीले किभको शासनविरुद्ध सङ्घर्ष गरिरहेका छन् र आफ्नै स्वतन्त्र गणतन्त्रको घोषणा गरेका छन् ।
आयोगले एक विज्ञप्ति जारी गरी पृथकतावादीलाई सङ्केत गर्दै वर्तमान अवस्थामा प्राप्त सूचना अनुसार अज्ञात व्यक्तिहरूले गैरकानुनी कार्य गरिरहेकाले त्यहाँ निर्वाचनको तयारी गर्न नसकिने उल्लेख गरेको छ । लुगान्स्क तथा दोनेत्स्कका लागि करिब २० लाख मतदाता दर्ता भएका छन् ।
मे २५ हुने निर्वाचनमा तीन करोड ६० लाख मतदाता रहेका छन् । पश्चिमी मुलुकले युक्रेन बढ्दो समस्याबाट मुक्त हुन यो निर्वाचन महत्वपूर्ण हुने बताएका छन् ।
प्रकाशित मिति: 2014-05-18 07:42:34
प्रतिक्रिया: