बहु प्रचारित स्मार्ट परिचयपत्रको बोलपत्र रद्ध
Admin / 2014-05-19 22:39:52
नेपाल व्युरो–जेठ ६,काठमाण्डौं ।
एउटै परिचयपत्रमा व्यक्तिको सबै परिचय समावेश भएको स्मार्ट परिचयपत्रको बोलपत्र रद्ध भएको छ ।
गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एशियाली विकासको मागअनुसार बोलपत्र रद्द गरेको हो ।
परिचयपत्र निर्माणमा आर्थिक सहयोग गरेको एडीबीले बोलपत्र नै रद्द गर्न दवाव दिएपछि केन्द्रले हालसम्म भएको प्रकृयालाई रद्द गरेको हो । परिचयपत्र प्रणाली निर्माण र परिचयपत्र छपाइका काम ६ ७ महिनापछि धकेलिने केन्द्रले जनाएको छ । केन्द्रले प्रणाली निर्माण र परिचयपत्र छपाइका लागि गरेको बोलपत्रमा ९ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन गरेका थिए ।
तीमध्ये फिनल्याण्डको जिमाल्टो र फ्रँन्सका मर्फो सफ्रँन छनोट भएर आर्थिक प्रस्ताव खोलेपछि एडीबीले बोलपत्र नै रद्द गर्न दवाव दिएको थियो । जसको कारण यहि जेठसम्ममा परिक्षणका लागि एक लाख १० हजार नेपालीलाई स्मार्ट परिचयपत्र वितरण गर्ने योजना थन्किएको छ ।
प्रकाशित मिति: 2014-05-19 22:39:52
प्रतिक्रिया: