स्ववियु निर्वाचन प्रचार अभियान सुरु
Admin / 2014-05-20 03:21:41
नेपाल ब्युरो - जेठ ६, काठमाण्डौं- नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेवि संघ र एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन प्रचार अभियान सुरु गरेका छन् ।
राजधानीको शंकरदेव क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले जेठ १८ गते नै स्ववियु निर्वाचन गर्नुपर्ने भन्दै अभियान सुरु गरेका हुन् । निर्धारित मितिमा नै स्ववियु निर्वाचन गराइनुपर्ने माग गर्दै चुनावी अभियान सुरु गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
निर्धारित मितिमा निर्वाचनको माग गर्दै हिजो देशभरका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा धर्ना दिएका थिए ।
सत्ता पक्षीय विद्यार्थी संगठनसँग मात्र छलफल गरी एकलौटी रुपमा निर्वाचनको मिति घोषणा गरेको भन्दै मुख्य विपक्षी दल एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी सहित १९ विद्यार्थी संगठनहरुले भने निर्वाचनको मिति सहमतिमा निर्धारण गर्नुपर्ने माग गर्दै आएका छन् ।
प्रकाशित मिति: 2014-05-20 03:21:41
प्रतिक्रिया: