दाईको रिस भाउजुमाथि
Admin / 2014-05-20 05:50:38
नेपाल ब्युरो–जेठ ६, काठमाडौ ।
बाँकेको जैसपुर–१ साहावामा पारिवारिक झगडाका क्रममा देवरले आफ्नै दाजुको परिवारलाई पेट्रोल खन्याएर जलाउन खोज्दा चारजना गम्भीर घाइते भएका छन् ।
२५ वर्षीय सद्दाम नाउले भाउजु चाँदनी सल्मानीसहित उनका तीन छोराछोरीमाथि सुतेकै ठाउँमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । डोल्पामा दाइ रियाज अलीसँग हजाम पेशा गर्दै आएका सद्दाम तीन दिनअघि मात्रै घर आएर भाउजुसँग झगडा गरेका थिए ।
हिजो बेलुका भाउजुलाई कुटपिट गरेका सद्दामले आज विहान ६ बजे भाउजुसहित तीन भतिजामाथि पेट्रोल खन्याएर आगो लगाएपछि फरार भएका थिए । डोल्पामा दाइसँगै हजामको काम गरिरहेका सद्दाम दाइसँग पनि झगडा गरेर घर झरेका थिए ।
पेट्रोल छर्केर आगो लगाएपछि चारैजनाको अवस्था चिन्ताजनक रहेको छ । आगोले जलेर चाँदनीको शरीररको ३० प्रतिशत भाग जलेको छ ।
त्यसैगरी ५ वर्षीय मरियन र ३ वर्षीय रियाजुनको शरीरको ४५ प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पतालले जनाएको छ । ८ महिनाका बालक रिहानको शरीरमा भने सामन्य चोट लागेको छ ।
आमासहित तीन नाबालकमाथि पेट्रोल खन्याएर आगो लगाई भाग्दै गरेको अवस्थामा सद्दामलाई नेपालगन्ज प्रहरीले नेपाल–भारत सीमाक्षेत्रबाट आज बिहानै पक्राउ गरेको छ ।
प्रकाशित मिति: 2014-05-20 05:50:38
प्रतिक्रिया: