फेसबुकमा धेरै सक्रिय रहने महिलाहरु एक्लो हुन्छन।
Admin / 2014-05-31 00:53:18
अस्ट्रेलियाको एक बिश्वबिद्यालयले फेसबुक प्रयोग गर्ने महिलाहरुको बारेमा एउटा रोचक अनुसन्धान गरेका छन। अनुसन्धानकर्ताहरुका अनुसार फेसबुकमा धेरै सक्रिय रहने अनि अाफ्नो प्रोफाइलमा धेरै जानकारी दिनेहरु आफ्नो निजी जीवनमा धेरै एक्लो हुन्छन।
साउथ वेल्सको चार्ल्स स्टुअर्ट बिश्वबिद्यालको के अनुसन्धानकर्ताहरुले यसको अध्ययनको लागि फेसबुकमा ६१६ महिला प्रयोगकर्ताको पोस्ट, प्रोफाइल अनि उनीहरुको स्टेटसको अध्ययन गरेको थियो। वेबसाइट 'सी-नेट' मा राखिएको रिपोर्टको अनुसार जुन महिलाहरु फेसबुकमा अाफ्नो रिलेशनशिप स्टेटस, रुचि आदिको बिषयमा खुलेर लेख्नेहरु वास्तबिक जीवनमा एक्लो हुन्छन।
अनुसन्धानको अनुसार, जुन महिलाहरु निजी जीवनमा एक्लो हुन्छन तिनीहरु फेसबुकमा आफ्नो रुचि, संगीत यहांसम्म कि अाफ्नो मोबाइल नंबर र घरको ठेगाना समेत राख्न संकोच मान्दैनन।
गत बर्ष पनि मिशिगन बिश्वबिद्यालयले पनि यस्तै रिपोर्ट प्रकाशन गरेको थियो।आफ्नो दैनिक जीवनको अधिकांस समय फेसबुकमा बिताउनहरु आफ्नो जीवनमा अत्यन्त दुखित हुने सो रिपोर्टमा जनाईएको थियो।
एजेन्सीहरुको सहयोगमा।
प्रकाशित मिति: 2014-05-31 00:53:18
प्रतिक्रिया: