एमाओवादिको संघीयता सम्बन्धी वृहत कार्यशाला स्थगित
Admin / 2014-06-29 07:48:44
नेपाल ब्युरो–असार १५,काठमाडौँ ।
एकीकृत नेकपा माओवादीले असार २१ देखि गर्ने भनेको संघीयता सम्बन्धी वृहत कार्यशाला भदौमा सार्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज सम्पन्न स्थायी समितिको बैठकले यही असार २१, २२ र २३ गते गर्ने भनिएको संघीयता एवम् जातीय र क्षेत्रीय मुक्तिको प्रश्नमा वृहद कार्यशाला भदौमा सार्ने निर्णय गरेको हो ।
सो कार्यशाला भदौको ११, १२ र १३ गते गर्ने निर्णय भएको बैठक पश्चात केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिनुभयो ।
कार्यशालामा पार्टी केन्द्रीय सदस्यहरु, राष्ट्रिय मुक्ति मोर्चा संगठनका केन्द्रीय प्रमुखहरु, केन्द्रीय स्तरका प्रमुखहरुले सहभागिता जनाउने भन्नेमा हरेक जिल्लाका पार्टी जिल्ला अध्यक्षहरुलाई पनि सहभागी गराउने आजको स्थायी समिति बैठकले निर्णय गरेको छ ।
आजको बैठकमा अध्यक्ष दाहालले ७ राजनीतिक दलहरुसँग भएको छलफल र मालेमावाद र माओबिचारधारा मान्ने ५ पार्टीसँग भएको कार्यगत एकता बारे जानकारी गराउनुभएको थियो ।
एकीकृत माओवादी स्थायी समितिको अर्को बैठक यही असार २० गते पुनः बस्नेछ ।
प्रकाशित मिति: 2014-06-29 07:48:44
प्रतिक्रिया: