ब्राजिलका लागि ७औं मिनेटमै कप्तान टी. सिल्भाले गोल गर्दै अग्रता दिलाए। ६९औं मिनेटमा डेभिड लुइसले फ्रिककबाट आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए। डिबक्स बाहिर पाएको फ्रिकिकलाई लुइसले गोलमा परिणत गरेका थिए।
कोलम्बियाका लागि सन्त्वाना गोल जेम्स रोड्रिग्वेजले गरे। ८०औं मिनेटमा पाएको पेनाल्टीलाई जेम्सले गोलमा परिणत गरेका थिए। यो गोलसँगै जारी विश्वकपमा उनले आफ्नो नाममा छैटौं गोल दर्ता गराएका छन ।