भारतीय शैक्षिक मेला शुरु
Admin / 2014-07-11 04:03:56
नेपाल ब्युरो–असार २७, काठमाडौं ।
भारतीय शैक्षिक गन्तब्यहरुको प्रबद्र्धनका लागि भारतीय शैक्षिक मेला राजधानीमा आज शुरु भएको छ ।
मेलाको आयोजना सेप इभेन्ट एण्ड मिडिया प्रालिले गरेको हो । नेपालस्थित भारतीय दुतावास र शिक्षा मन्त्रालयको स्विकृति लिएर पहिलोपटक मेलाको आयोजना भएको हो ।
एभरेष्ट होटेलमा २ दिनसम्म चल्ने आठौँ शैक्षिक मेलामा उच्च शिक्षाका लागि भारतीय शैक्षिक गन्तव्य र त्यहाँको शिक्षा प्रणालीका सम्बन्धमा सम्पूर्ण जानकारी दिइने आयोजकले जनाएको छ ।
उच्च शिक्षाका लागि भारत पनि राम्रो गन्तव्य बन्दै गएकाले मेलाको आयोजना गरिएको बताइएको छ ।
मेलामा भारतका प्रतिष्ठित २० वटा विश्वविद्यालय तथा अन्य विभिन्न कलेजका गरी ५० वटा स्टल रहेका छन । मेलाको करिब २५ हजार विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: 2014-07-11 04:03:56
प्रतिक्रिया: