-सतिश श्रेष्ठ
अचानक झस्किए जस्तो भएको थियो मेरो मन ....टुलुटुलु हेरिरहु जस्तो लाग्थ्यो तिमीलाई , यी आँखाहरुले हजारौ साल देखि खोजिरहेको जस्तो । मनभरी आँशुहरु गुम्साएर आँखाबाट झर्न लागेको आँशुहरु थामेर हाँसेर वस तिमीलाई हेरिरहे .....मन थाम्न सकिन अनि सोधिहाले सन्चै छौ ? उसको जवाफ आउन मात्र के लागेको थियो पापी आँखा आँशु उपहार लिएर खोलिदियो ....धत ! सपना पो रहेछ ,आँशु पुछे । अनि .......आँखाका आँशुहरु पुछ्दै सोच्न थाले जुन मायाले मेरो जिवनको परिभाषा बुझ्न सकेन किन म आज त्यहि मायाको पछि अन्दाधुन्ध दौडिरहेको छु ।
जुन माया म अब चाहेर पनि पाउन सक्दिन किन त्यहि माया प्यारो भईरहेको छ ? तर जे होस माया त माया नै हो यति सजिलै कसरी भुल्न सकिएला र खै !! आत्था......" चुरोट पनि सकिएछ ।"पोल्दा पो बल्ल थाहा भो । एक्कासी टिङटिङ घण्टि बज्यो यसो हेरे कतै मोबाईलको अलर्म पो बज्यो की ? होईन रहेछ बाहिरबाट कसैले ढोकाको घण्टि बजाएको रहेछ । ढोका खोले ..साथी एक्कासी म माथी झर्किन थाल्यो -" तेरो काममा जाने बेला भएन ? म प्रतिको रिस हदसम्म पनि कन्ट्रोल भएको थिएन । एकछिन पछि ....अलि भाबुक हुँदै भन्न थाल्यो -" साथी यसरी जिवन चल्छ ? मैले उसैको अगाडी मुख त खोल्न सकिन तर मनमनै भन्दै थियो । " जब सम्म उसको यादहरु यो मनभित्र रहन्छ त्यहि दिन सम्म सम्झिरहनेछु साथी " अझै उ भुतभुताउदै थिए , म हतार हतार मुख धोएर काममा निस्किहाले....खै !! कुन प्रतिसोधको ज्वालामा म आफुले आफैलाई जलाँउदै छु मलाई पनि थाहा छैन । तर पलपल जलिरहेको छु कहिले तिम्रो झझल्कोमा जले , कहिले तिमीले दिएको कालो रात झै घातको अँध्यारोमा जले जे होस जल्न चाँहि म जलिरहेकै हुन्छु । साँच्चै साथीले भनेको कुरा पनि सोह्रैआना ठिक थियो -" कतिन्जेल जिवन यसरी चल्छ " अनि ...एकछिन बढाएका पाईलाहरु रोक्छु , आँफैले आफैलाई प्रश्न तेर्स्याउन पुग्छु तर , जवाफ सँधै उहि हुन्छ -" सक्दिन म उ बिना बाँच्न , सक्दिन म उ बिना हाँस्न " सोच्छु कहिलेकाँहि कस्तो माया लाउन पुगेछु , जस्ले साथ भन्दा याद मात्र दिलायो।जतिसुकै भुल्न खोजेपनि किन मैले उसलाई भुल्न सकिन ? पुरानो दिनहरुलाई म फेरी सम्झन पुग्छु । एकदिन ..अझै ताजै छ ति दिनहरु याद आँउछ ।
त्यो दिन-जुन
दिन तिमीले मेरा यी भरोसा बिहिन काँधमा टाउको हालेर भरोसायुक्त बनाएर आफ्ना अनमोल आँशुहरु
चुवाउदै भनेकी थिई -" म कसरी बाँच्न सक्छु तपाईबिना , तपाई यहाँ म सात समुन्द्रपारीको देशमा अहँ
!! " हुन्न , म जान्न जापानसापन , हजुर सँगै बस्छु ।" सायद , त्यो दिन नजाउ भनेर बिदाईको हात नहल्लाएको
भए उनी र म सँगै हुन्थ्यो होला । वस , दुख्छ
मुटु जिवनका अविस्मरणीय वाक्यांसहरु मनभरी कल्पना बनेर जिन्दगीलाई डसिरहँदा यस्ता यस्तै
कल्पनामा बग्दै थिए म .....एक्कासी गाडीको हर्न बजेको सुन्छु । ओहो।म त जेब्राक्रसिङमा
रातो बत्ति बल्दै पो बाटो काट्दै रहेछु । खै , त्यो
गाडीको ड्राईभरले के-के भन्दै जापानिज भाषा बाट कराए झै लागेको थियो । तर , त्यो गाली भन्दानि मलाई उनिकै सम्झनाको
डुबाई प्यारो थियो । तैपनि मैले आफ्नो गल्तिलाई स्विकार्दै हतारहतारमा जापानिज भाषा
बाट जानीनजानी すみません! ゴメンナサイ (
excuse me , I am sorry ) भन्दै त्यहाँ बाट हिडि हाले।
क्रमश......बांकी अर्को साता