महिलाको समस्या सम्बोधन गर्न राज्य सक्रिय छ : ओनसरी घर्ती मगर
Admin / 2014-08-19 09:13:50
नेपाल ब्युरो– भदौ ३, काठमाडौ ।
महिलाको समस्या संम्कोधन गर्न राज्य सक्रिय रहेको संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले बताउनु भएको छ ।
महिलाको समस्या सम्बोधन गर्न राज्य पछि नपरेको बताउनुभएको छ ।
आज सङकल्पद्धारा आयोजित ”राजनीतिक पार्टीको चुनावी घोषणापत्रलाई लैङ्गिक दृष्टिकोणबाट विश्लेषण” विषयक राष्ट्रिय परामर्श कार्यशालामा उपाध्यक्ष घर्तीमगरले पछिल्लो समय महिलामाथि हुने हिंसा बढिरहेको भएपनि हरेक दिन संसद्मा हिंसाका विषयमा छलफल र समाधानको प्रयास भइरहेको जानकारी दिनुभयो ।
सोही अवसरमा उहाँले प्रतिस्पर्धाका लागि अगाडि बढ्न पनि महिला सहभागीसँग आग्रह गर्नुभयो ।
ऊर्जा मन्त्री राधा ज्ञवालीले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचन आवश्यक रहेको र निर्वाचन भइदिए देश विकासको गतितिर लम्कने बताउनुभयो ।
सङकल्पकी अध्यक्ष दुर्गा शोवले निर्वाचनको समयमा राजनीतिक दलले ल्याएका घोषणापत्रकै आधारमा संविधान बनाउनु पर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: 2014-08-19 09:13:50
प्रतिक्रिया: