नेपाल बोटल वाटर उद्योग संघलाई कारबाही गर : संसदीय समिति
Admin / 2014-08-21 07:00:17
नेपाल ब्युरो–भदौ ५, काठमाडौ ।
संसदीय समितिले सम्बन्धीत पक्षलाई पानीमा कार्टेलिङ गर्न खोज्ने नेपाल बोटल वाटर उद्योग संघलाई कारबाही गर्न निर्देशन दिएको छ ।
संघले कानुन विपरित एकाधिकारी बजार स्थापना गर्न खोजेको ठहर गर्दै सम्बन्धित मन्त्रालयलाई कारबाहि गर्न निर्देशन दिएको हो ।
उपभोक्ता, प्रतिस्पर्धा र कालोबजारी ऐन एकसाथ आकर्षित हुने भन्दै सोही कानुनअन्तर्गत तत्काल कारबाहीको निर्देशन दिएको उपसमिति सभापति सुभाषचन्द्र ठकुरी शाहले जानकारी दिनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीलाई समितिमा बोलाएर कार्टेलिङ गर्ने संघ र एम इन्टरनेसनल प्रालिलाई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।
पानीमा कार्टेलिङ भएको सार्वजनिक भएपछि उपभोक्ता हित संरक्षण मञ्चले त्यो रोक्न र दोषीमाथि कारबाही माग गर्दै उपसमितिमा लिखित निवेदन दिएको थियो ।
प्रकाशित मिति: 2014-08-21 07:00:17
प्रतिक्रिया: