आमनागरीकले पनि सैनिक अस्पतालमा सेवा पाउने
Admin / 2014-08-23 07:39:41
नेपाल ब्युरो– भदौ ७, काठमाडौ ।
सैनिक अस्पतालमा अब आम नागरीकहरुले पनि सेवा पाउने भएका छन् ।
नेपाली सेनाले करिब ४२ वर्षको अन्तरालमा आमनागरीकका लागि अस्पताल खुला गर्न लागेको हो ।
हाल बहालवाला सैनिक र तिनका आश्रीत परिवार बुबा, आमा, श्रीमती र दुई सन्तानलाई मात्र अस्पतालले निःशुल्क सेवा दिँदै आएको थियो । यसका साथै दैवीप्रकोपका समय र दुर्गम क्षेत्रमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा मात्र सर्वसाधारणँ जनताले सेनाका चिकित्सकीय सेवा पाउँदै आएका थिए ।
नेपाली सेना स्वास्थ्य विज्ञान अध्ययन संस्थानले सर्वसाधारण र भूतपूर्व सैनिकका लागि महाँकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताललाई जीर्णाद्धार तथा थप नयाँ भवन निर्माण गरी आगामी दुई वर्षभित्रमा सञ्चालनमा ल्याउन लागेपछि सर्वसाधारणले सेनाको अस्पतालबाट सेवा पाउन लागेका हुन् ।
प्रकाशित मिति: 2014-08-23 07:39:41
प्रतिक्रिया: