इबोलाको औषधी सेवन गर्दा एक चिकित्सकको मृत्यु, एक बिरामी
Admin / 2014-08-26 02:59:42
नेपाल ब्युरो– भदौ १०,एजेन्सी ।
इबोला भाइरल नियन्त्रण गर्न तयार पारिएको औषधी सेवन गर्दा एक चिकित्सकको मृत्यु भएको छ ।
लाइबेरियामा उक्त औषधी सेवन गर्दा चिकित्सक अब्राहम बारबोलको मृत्यु भएको हो ।
इबोलाबाट बिरामी परेपछि त्यहाँको अस्पतालमा उपचारत चिकित्सकको औषधि सेवनसँगै स्वास्थ्यमा केही बेर सुधार आएको थियो । तर, केही घण्टामै अब्राहमको ज्यान गएको हो ।
इबोलाकै कारण पश्मिकी अफ्रिकी मुलक गिनी, लाइबेरिया, नाइजेरिया र सिएरालियोगनमा मात्रै १४ सय जनाको ज्यान गइसकेको छ ।
लाइबेरियामा मात्रै ५ सय ७० को मृत्यु भएको छ । उता, बेलायतमा इबोलाको संक्रमणबाट एक नर्स बिरामी परेकी छिन । उनी सियरा लियोनबाट बेलायत फर्केकी थिइन ।
प्रकाशित मिति: 2014-08-26 02:59:42
प्रतिक्रिया: