सोलुखुम्बुमा कुकुरको स्थायी बन्ध्याकरण सुरु !
Admin / 2014-08-27 04:26:56
नेपाल ब्युरो– भदौ ११, सोलुखुम्बु ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढेकाले स्थायी बन्ध्याकरण सुरु गरिएको छ ।
उक्त क्षेत्रमा भुस्याहा कुकुरको सङख्या बढेकाले त्यसलाई घटाउन स्थायी बन्ध्याकरण सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत लक्ष्मण ढकाले जानकारी दिनुभयो ।
उहाँले आइतबारदेखि सुरु भएको उक्त अभियान अन्तर्गत मङगलबारसम्ममा खुम्जुङ गाविसका १० वटा भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको बताउँनुभएको छ ।
यस्तै सोलुखुम्बुको नाम्चे र चौरीखर्कका भुस्याहा कुकुरको पनि बन्ध्याकरण सुरु गरिने जनाइएको छ ।
निकुञ्जले भुस्याहा कुकुरको सङख्या नियन्त्रण गर्दा निकुञ्ज क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु र पंक्षीको सुरक्षा हुने जनाएको छ ।
प्रकाशित मिति: 2014-08-27 04:26:56
प्रतिक्रिया: