पप्पु
गुरुङ १५ भदौ, कञ्चनपुर
।
सुदूरपश्चिम क्षेत्रका
वासिन्दाहरुको सबै भन्दा ठूलो चाड गौरा पर्व सुरु भएको छ । गौराको पहिलो दिन हिजो
पवित्र नदी, तलाउ, धारा, पँधेरा र गौरा घरमा
बिरुडा भिजाएका छन् ।
तामा वा पित्तलका
भाँडामा भिजाइने गहुँ, केराउ, गहत, मास र गुराँसलाई बिरुडा
भन्ने गरिन्छ । महिलाहरुले निराहार वर्त बसेर विहान सगुन गाउँदै बिरुडा भिजाएका
छन् । सुदूर तराईका कैलाली र कञ्चनपुरमा भने अधिकाँशले घर भित्र बिरुडा भिजाउने
गर्छन् ।
पहाडी क्षेत्रमा सामूहिरुमा
महिलाहरुले धारा, पँधेरा, तलाउ, गौरा घरमा बिरुडा
भिजाएका छन् । विहान देखि बिरुडा भिजाउन थाले पछि नदी तलाउ र पानी पँधेराहरु सगुन
गुन्जिएका छन् ।
‘भदौ
महिना गर्मी र चिसोको मध्य हो , त्यसैले रोग फैलिन डर
हुन्छ, ’ आचार्य घनश्याम लेखकले भने, ‘ पाँच अन्नको बिरुडा खाए
पछि पेट खराब हुँदैन ।’ उनले
बिरुडालाई नेवार समुदायको क्वाँटी सरह खाने गरिएको बताए ।
गौराको सबै भन्दा ठूलो
दिन अष्ठमी अर्थात अठेवालीका दिन बिरुडा गौरा देवीको पूजा आजा गर्न प्रयोग हुन्छ ।
अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । गाउँका प्रतिष्ठित
व्यक्तीका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो ।
अहिले वासिन्दाहरुले
सुविधाका लागि गौरा मन्दिर, सगोल
तथा घर घरमा भिजाउने गरेका छन् । ‘ यो सामूहिक पर्व हो, पहिला एकै ठाउँमा
बिरुडा भिजाइन्थ्यो, वस्ती
अनुसार गौरा मनाउँदा बिरुडा पनि त्यसै गरी भिजाउने गरिएको छ,’ आचार्य लेखक भन्छन्, ‘यसले सामूहिकतामा ठेस
पुगेको छ ।’
हिमालयकी छोरी
पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार ब्रत बसेको किवदन्तीका
आधारमा गौरा मनाउने गरिएको हो । ‘पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिवझैं पति
पाउन ब्रत बस्छन्, विवाहितले
पतिको दीर्घायुको कामना गर्छन ्,’ महाकाली साहित्य संगमका
केन्द्रीय अध्यक्ष बीरबहादुर चन्द भन्छन, ‘पौराण्ँिक विश्वासका
आधारमा गौरा मनाइन्छ । ’
गौराको समयमा
महिलाहरुले निराहार ब्रत बसेर शिव र पार्वतीको पूजा आजा गर्छन् । सुदूरपश्चिममा क्षेत्र
अनुसार एक साता सम्म गौरा मनाउने गरिन्छ । महिला र पुरुषहरुले वर्ष दिनका पीडालाई
बिर्सन विभिन्न खेलहरु खेलेर मनोरञ्जन गर्छन् ।
अठेवालीका दिन गौरा
देवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा
खेल्ने गर्छन् । धुमारी र ढुस्को र ठाडोमा खेलमा महाभारत, रामायण्ँ सहित धामिर्क
ग्रन्थमा आधारित कथाहरु भन्ने गरिन्छ ।
साहित्यकार
चन्द भन्छन्, ‘अचेल ठाडो खेलमा बीरगाता हराउँदै जान थालेका छन्, नयाँ पुस्तालाई खेल्न
आउँदैन, त्यसैले
देउडा नै खेल्ने गरिन्छ ।’ महाकाली
साहित्य संगमले ठाडो खेल जोगाउन गौरा महोत्सव आयोजना गर्न थालेको उनी बताउँछन् ।
सामाजिक सद्भाव र महिला
सम्मानका लागि मनाइने गौराका सांस्कृतिक पर्व भएकाले सबै मनाउनु पर्ने अधिकारकर्मी
पुनम चन्द बताउँछिन् । ‘यो
हाम्रो संस्कृति हो, वर्ष
दिनमा एक पटक आउने पर्वलाई धुमधाम संग मनाउन पर्छ,’ उनी भन्छिन् , ‘हामीले मौलिकता छाड्नु
हुँदैन ।’
महिला र पुरुष दुबैले
धुमधाम संग मनाउने भए पनि गौरा विशेष गरी महिला सित जोडिएको उनले बताइन् । बिरुडा
भिजाएर सुरु हुने गौराको बिसर्जन नहुँदा सम्म महिला र पुरुष सबैले धुमधाम संग
मनाउने गर्छन् ।
भिजाएको बिरुडालाई
षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यस पछि ती
बिरुडालाई पुनः भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीहरुले
खेतवारीबाट धान, साऊँ
लगायतका बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्रयाउने गर्छन् ।
गौरीको प्रतिमा संगै
पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक मानेर राख्ने गरिन्छ । यस
बेलामा दुबधागो लाई पूजा आजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । ‘यस बेला सम्म महिलाहरु
निराहार हुन्छन्, र
कसैले फलाहार गर्छन्,’ अधिकारकर्मी चन्द भन्छिन् ।
गौराको ठूलो दिन
अष्ठमीलाई अठेवाली पनि भनिन्छ । निराहार वर्त बसेका महिलाहरु बिरुडाका भाँडा लिएर
गौरा खेल्ने स्थान (खलो) मा गएर पार्वती र महेश्वरको मूतिलाई बिचमा पारी कान्छी
औँला समाएर सगुन गाउँछन् । यसलाई अठेवाली भनिन्छ । यस अघि महिलाहरुले आफना पति र
सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् ।
अठेवाली पछि गौरीको
प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य
महिलाहरुले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको
प्रतिमालाई लली घुमारा भनिन्छ ।
अठेवालीका दिन महिला र
पुरुष छुट्टा छुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् ।
धामी झाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषहरुले विशेष गरी देवताका गाथा
समेटिएका खेलमा रमाउँछन् । महिलाहरुले गौरालाई नचाए पछि साँझ तिर डालो भित्र
राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुÈले आकाशमा फाल्ने
गर्छन् । यसलाई फल फड्काउने भनिन्छ ।
‘त्यो फल आकाशमा चुम्यो
भने पछि चिताएको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ ’ साहित्यकार चन्द भन्छन्, ‘त्यसैले फल चुम्नु
आकाशमा हाल फाल्ने गरिन्छ ।’ अठेवालीका दिन
पुरुषहरुले आफ्नो जनै समेत फेर्न गर्छन् भने वर्त बसेका महिलाहरुले नयाँ दुबो धागो
लगाउने गर्छन् ।
बिरुडा घरमा ल्याएर
ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । ‘बिरुडाले पूजा आजा गरी
आशिर्वाद पाउन शौभाग्य हो’ सिसैयाकी
तारा जोशी अवस्थी भन्छिन्, ‘आफू भन्दा ठूलाका हातबाट टीका लाउने दिन धेरै हुँदैन । ’ अठेवालीका पछिका दिनहरु
पनि महिला तथा पुरुषहरुले धुमधाम संगै मनाउने गर्छन् ।
पुरुष राति सम्म गौरा
खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खे खेती लगाएर फुसि दिलो हुँदा दिउँसो खाना
खाएर सबै जना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देश विदेशबाट समेत घर आउने
चलन छ । गौरामा नयाँ लाउने र मिठो खाने गरिन्छ ।
गच्छे अनुसार सबैले
गौरा मनाउने गरेको आचार्य लेखक बताउँछन् । ‘बर्खे खेती पछिको थकाई
मार्न सबै गौरामा रमाउँछन् , धनी गरीब भनिदैन, सबैले गच्छे अनुसार
मनाउँछन्,’ उनी भन्छन् । गौराको अन्तिम नदी बाजा गाजा सहित जलशय वा नदी
किनारहरुमा विर्सजन गरिन्छ ।
बिरुडा भिजाउन देखि
विसर्जन सम्म दिन महिला पुरुष सबैका लागि उल्लासमय नै हुन्छन, ’
साहित्यकार
चन्द भन्छन्, ‘ यसमा धार्मिक र सांस्कृतिक दुबै महत्व छ ।’ पछिल्ला वर्षहरुमा देउडा
खेल र्गौरामा मुख्य आकर्षण बनेको छ ।
महेन्द्रनगर वरपिपल चोक, हल्दुखालको राम मन्दिर
र बंक, दोधारा, चनँदनी गौरा मनाउने
स्थान बनाएका छन् । महेन्द्रनगर मदन चोकमा बर्सेनी देउडा खेल खेलिन्छ । देउडालाई
प्रतिस्पर्धात्मक बनाउन पुरस्कार दिने गरिएको छ ।
महाकाली साहित्य संगमले
खुला मञ्चमा महोत्सव आयोजना गरेको छ । संगमका अध्यक्ष चन्द भन्छन् , ‘नयाँ पुस्तालाई
संस्कृतिमा आकर्षण गराउन महोत्सव आयोजना गरेका हौ’ उनले भने, ‘
गौरामा
अझै आकर्षण बढ्नेछ ।’
भारतमा मुगल सम्राटको
अत्याचार सहन नसके पछि तत्कालीन डोटी राज्यमा आएकाले गौरा मनाउन थालेको विश्वास
गरिन्छ । सुदूरपश्चिम माझैं गौरा भारतका कुमाउँ र गडवाल क्षेत्रमा धुमधाम संग
मनाउने गरिन्छ ।
कर्णाली सिंजाको मल्ल
राज्य पतन पछि १३७० देखि १८४७ सम्म डोटी राज्य कायम थियो । गौरा भदौ महिनामा शुक्ल
पक्ष वा कृष्ण पक्षमा पर्ने गर्छ । यस वर्ष शुक्ल पक्षमा परेको छ । यसरी पक्ष
अनुसार शुक्ल पक्षमा आउने गोरालाई उजेली र कृष्ण पक्षमा आउनेलाई अनेरी गौरा भनिन्छ
।
नव विवाहित महिलाले
शुक्ल पक्षमा परेको गौरामा मात्रै पहिलो पटक वर्त बस्ने गर्छन् । रजश्वला भएका र
घरमा आफन्त मृत्यु भएका महिलाले वर्त बस्न नपाउने चलन छ ।
ज्योतिषहरुबीच मतभेद
आउँदा विगतका तीन वर्षमा दुई÷दुई गौरा मनाएको थियो । ‘हामीले डडेल्धुराको
देशान्तरलाई आधार मानेर गौरा मनाउनु पर्छ, ’ काठमाडौंलाई हेरेर
मनाउँदा विगतमा विभाजन आयो ’ साहित्यकार चन्द भन्छन्, ‘
हामीले
भारतलाई पनि हेर्न हुँदैन, आफ्नै
देशान्तर हेर्दा हुन्छ ।’