राष्ट्रिय बालदिवस आज
Admin / 2014-09-14 04:07:17
नेपाल ब्युरो– भदौ २९, काठमाडौ ।
राष्ट्रिय बालदिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
सो दिवस बालबालिकका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेका छन् ।
“बालबालिकका कुरा सुनौ, बाल दुव्र्यवहार अन्त्य गरौ” भन्ने नाराका साथ आज बालदिवस मनाइँदै छ । दिवसको सन्दर्भमा सुभकामना दिनुहुदै प्रधानमन्त्री सुशील कोइरालाले बालबालिका माथि हुने हिसां र दुव्र्यवहारको रोकथामा र घटनाबाट प्रभावित बालबालिका र सम्वद्ध परिवारको सम्मानजनक सामाजिक पुनस्र्थापनका लागि सहकार्य गर्न सरोकारवालालाई आव्हान गर्नु भएको छ ।
यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले बालबालिकको विशेष आवस्यकताहरुको यथोचित समम्मान र सम्वोधनका लागि आफूहरु क्रियाशिलताको गाति बढाउनेतर्फ सचेत भएको बताउनुभयो ।
पछिल्लो समयमा बालयौन शोषणको घट्ना घट्नुको साटो अझ बढेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
बालबालिकामाथि हुने दुब्र्यबहारकाविरुद्ध सबै एक हुनुपर्नेमा उनीहरुको जोड छ ।
नेपालले बालअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी १९८९ अनुमोदन गरेको आजबाट २५ वर्षमा प्रवेस गरेको छ ।
प्रकाशित मिति: 2014-09-14 04:07:17
प्रतिक्रिया: