डिभी र पीआरमुक्त प्रशासन बनाई छाड्ने सामान्यमन्त्री पण्डितको प्रतिबद्धता
Admin / 2014-05-19 07:52:13
नेपाल ब्युरो–जेठ ५, काठमाडौ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डिभी र पीआरमुक्त प्रशासन बनाई छाड्ने प्रतिबद्धता जनाउनुभएको छ ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री पण्डितले कसैको हस्तक्षेप र धम्की आए पनि जुनसुकै हालतमा प्रशासनलाई डीभी र पीआरमुक्त गराएरै छोड्ने बताउनुभएको हो ।
त्यस्तै साक्षात्कारमा मन्त्री पण्डितले निजामति सेवा ऐनको चौथो संशोधनको लागि संसदमा अध्यादेश पेस गर्न लागिएको समेत जानकारी दिनुभयो । आगामी बिहीबारसम्ममा अध्यादेश संसदमा पेस हुने बताउँदै उहाँले निजामति मात्र नभई प्रहरी, सैनिक र शिक्षक लगायतलाई पनि यस्तो दायरामा ल्याइने जिकीर गर्नुभयो ।
जनताको इच्छा र अपेक्षाअनुसार सपथ खाएअनुसारको काम गरिछाड्ने उहाँको भनाई छ । सरकारी कर्मचारीको काम चोर प्रवृत्तिले गर्दा मुलुक बिग्रीएको दावी समेत गर्नुभयो ।
प्रकाशित मिति: 2014-05-19 07:52:13
प्रतिक्रिया: