संविधानसभाको बैठक दिउँसो १ बजे बस्ने
Admin / 2014-05-20 02:49:41
नेपाल ब्युरो–जेठ ६,काठमाण्डौं ।
संविधानसभाको बैठकमा प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल हुँदैछ ।
‘तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिका निक्र्यौल सम्बन्धी प्रतिवेदन २०७१’ माथि सैद्धान्तिक छलफल आज सक्ने संविधानसभा सचिवालयले जानकारी दिएको छ ।
हिजो छलफमा भाग लिने सदस्यको सूची नसकिएकाले आज पनि त्यसै विषयमा छलफलजारी रहने र प्रतिवेदनमाथिको सैद्धान्तिक छलफल सकिएपछि प्रतिवेदन मस्यौदा समितिमा पठाउने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल सकिएपछि राज्यको पुनसंरचना, शासकीय स्वरुप र न्याय प्रणालीसम्बन्धी समितिको प्रतिवेदनमा छलफल हुनेछ । संविधानसभाको बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।
प्रकाशित मिति: 2014-05-20 02:49:41
प्रतिक्रिया: