एन आर एन जापानको केन्द्रिय कार्यालय उद्घाटन
Admin / 2014-06-15 00:18:55
१५ जुन ,टोक्यो | एन आर एन जापानले टोक्यो स्थित किता सिन्जुकु रहेको आफ्नो केन्द्रिय कार्यालयको उद्घाटन गरेको छ | १४ तारिक शनिवार नेपाली दुतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएनका उपाध्यक्ष भवन भट्ट र एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन ।
टोकियो सिन्जुकु कु किता सिन्जुकु कार्यालयमा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख अधिकारीले कार्यालय स्थापनाबाट एनआरएनका गतिविधिहरु अगाडि बढाउन सहज हुने बताए भने बिशेष अतिथि आइ सी सी उपाध्यक्ष भट्टले एनआरएनको कार्यालय स्थापना हुनु आफैंमा महत्वपूर्ण कार्य भएको र यसलाई निरन्तरता दिन ठोस योजना आवश्यक रहेको बताएका थिए।
कार्यक्रमका सभापति तथा एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले कार्यालय स्थापना भएपछी जापानबासी नेपालीहरुले आफ्नो गुनासो वा समस्याहरु फोन,मेल र फ्याक्स मार्फत राख्न सक्ने सजिलो हुने बताउदै आएका समस्याको समाधानको लागि सम्बन्धित निकायमा पहल गरिने बताउदै अध्यक्ष पोखरेलले एम आर पी पासपोर्ट भर्नमा सहयोग गर्न , केहि परामर्शहरु गर्नु परेमा तत्कालको लागि स्वयंसेवक सहयोगी राखिने पनि बताए ।
कार्यक्रममा एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानांग, एनआरएन आईसीसी सदस्य भुषण घिमिरे, रोशन केसी पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले पनि आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा एन आर एन जापानका उपाध्यक्ष सुदन थापाले स्वागत मन्तब्य राखेका थिए भने अर्का उपाध्यक्ष नर बहादुर थापाले धन्यवाद मन्तब्य राखेका थिए| कार्यक्रममा जापानका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |
प्रकाशित मिति: 2014-06-15 00:18:55
प्रतिक्रिया: