बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची आज स्वदेश फर्किदै
Admin / 2014-06-16 04:25:52
नेपाल ब्युरो–असार २, काठमाडौँ ।
नेपालको चारदिने भ्रमण पूरा गरी बर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुची आज स्वदेश फकिंर्दै हुनुहुन्छ ।
स्वदेश फर्कनुअघि उहाँ आफु ४० वर्षअघि नेपालमा रहदा दीक्षा लिएको काठमाडौँमा रहेको धर्मकीर्ति बिहारमा जाने कार्यक्रम छ ।
सुचीलाई आइतबार नागरिक अभिनन्दन गरिएको थियो । यस्तै सरकारका तर्फबाट डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट पनि उहाँलाई सम्मान गरिएको छ । नेपाल भ्रमणमा रहदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री लगायत बिभिन्न राजनीतिक दलका नेता तथा सभासदहरुसंग भेटवार्ता गर्नुभएको थियो ।
सुचीले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तराष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो । नेपाली नागरिकले देखाएको माया र सदभावले प्रजातन्त्रको संघर्षले आफूलाई उर्जा मिलेको सुचीले बताउनुभएको छ ।
प्रकाशित मिति: 2014-06-16 04:25:52
प्रतिक्रिया: