विश्वकपको छैठौ खेलमा समुह ए र एचको खेल हुँदै
Admin / 2014-06-17 04:18:29
नेपाल ब्युरो–असार ३, एजेन्सी।
जारी विश्वकपको छैठौ खेलमा समुह ए र समुह एचको गरी तीन खेल हुने भएको छ ।
छैठौ खेल अन्तर्गत समुह एचको खेलमा बेल्जियमविरुद्ध अल्जेरिया र रुसविरुद्ध दक्षिण कोरिया भिड्ने भएको छ । त्यस्तै समुह एको खेलमा ब्राजिलविरुद्ध मेक्सिको भिड्नेछ ।
यसअघि विश्वकपको पाँचौ खेलमा थोमस मुलरको ह्याट्रिकसँगै पोर्चुगललाई ४–० ले हराएर जर्मनीले विश्वकप फूटबलमा विजयी सुरुवात गरेको छ ।
आफ्नो सयौं खेलको पहिलो हाफमा जर्मनीले तीन र दोश्रो हाफमा एक गोल गरेको हो ।
यो संस्करणको विश्वकपको पहिलो ह्याट्रिक गर्ने क्रममा थोमस मुलरले पहिलो हाफमा दुई र दोश्रो हाफमा एक गोल गरे । अपेक्षाकृत कमजोर प्रदर्शन गरेको पोर्चुगलका लागि परिणाम मात्रै विपरित रहेन, उसका भरपर्दा डिफेण्डर पेपेले रातो कार्ड पाए । यस्तै, एशियाली देश इरानले भने नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । आज बिहान सकिएको खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र अंक बाँडे ।
यसपछि भएको खेलमा अमेरिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाले घानालाई २–१ ले हराएको हो ।
जितसँगै अमेरिकाले अघिल्लो विश्वकपमा हारेको बदला पनि लिएको छ । घानामाथि अमेरिकाको यो पहिलो जित हो । यसअघिका चार खेलमा अमेरिका घानासँग पराजित भएको थियो ।
प्रकाशित मिति: 2014-06-17 04:18:29
प्रतिक्रिया: