नेपाल ब्युरो–असार ९,काठमाडौ ।
उद्योग मन्त्रालयले उद्योगलाई लगानीमैत्री बनाउन ऐन संसोधनका लागि छलफल सुरु गरेको छ ।
उद्योगका व्यवस्थापक र मजदुरबीच समन्वय गरी उद्योगमा बन्द हड्ताल तालाबन्दी गर्ने कार्यलाई निरुत्साहित गर्न ऐन ल्याउन लागिएको उद्योग मन्त्री कर्ण थापाले जानकारी दिनुभयो ।
उद्योगहरुको गुणस्तर, भौतिक पूर्वाधार, उत्पादित सामग्रीको अनुमगन गर्ने र लगानीमैत्री वातावरण ल्याउन तथा थप बहुराष्ट्रिय कम्पनीहरुलाई स्वदेशमा भित्रयाउन वर्तमान ऐन कानुनमा संशोधन गर्नुपर्ने आवश्यक रहेकाले संसोधन गर्ने तयारी भएको बताउनुभयो ।
उहाँले ऐन संसोधनको प्रस्ताव मन्त्रिपरिषदमा गइसकेको पनि जानकारी दिनुभयो ।