संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तरद्धन्दको उपज : भट्टराई
Admin / 2014-06-25 04:51:43
नेपाल ब्युरो–असार ११,काठमाडौ ।
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले पार्टी भित्रको अन्तरद्धन्द समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जनकपुरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराइले पार्टीभित्रको अन्तरद्धन्द समयमै व्यवस्थापन गर्न नसके कार्यकर्ताहरुको पार्टी प्रतिको आकर्षण घट्दै जाने बताउनुभयो ।
संविधानसभा उपनिर्वाचनको परिणाम पार्टीभित्रकै अन्तरद्धन्दको उपज भएको उहाँको भनाइ छ । समयमा नै पार्टीको अन्तरद्धन्द हल गरेर संघीयता सहितको संबिधान बनाउन नसके पार्टीप्रतिको आकर्षण झन् घट्ने उहाँको बुझाइ छ ।
भट्टराईले पार्टीभित्र देखिएको अन्तरद्धन्द व्यक्तिगत नभई बैचारिक रहेको जिकिर गर्नुभयो ।
नेतृत्वले पार्टी भित्रको अन्तरविरोधलाई व्यवस्थापन गर्न नसकेको उहाँले आरोप लगाउनुभयो । आफू पार्टी नेतृत्वको विपक्षमा नभई पार्टी बनाउने पक्षमा उभिएको भट्टराईको दाबी थियो ।
प्रकाशित मिति: 2014-06-25 04:51:43
प्रतिक्रिया: