निगमलाई प्रतिष्पर्धि बनाउन जहाज थप्नुपर्छ : आचार्य
Admin / 2014-07-01 08:29:30
नेपाल ब्युरो–असार १७ काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीम आचार्यले नयाँ जहाज खरिदका लागि १५ दिनभित्र सञ्चालक समितिले निर्णय गरेर प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छ ।
नेपाल वायु सेवा निगमको ५६ औँ वाषिकोत्सवको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री आचार्यले दुई वाइड र दुई न्यारो बडीका जहाज खरिद गर्न यस्तो प्रस्ताव ल्याउनका लागि निर्देशन दिनुभएको हो ।
निगमलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा चुस्त दुरुस्त बनाउन ठूला, मझौला र साना जहाज थप्नुपर्ने तथा जनशक्ति र सेवालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्ने उहाँको भनाई छ ।
निगमको अवस्था समग्रमा गौरव गर्न लायक छैन भन्दै उहाँले कर्मचारीलाई तालिम दिने तथा यात्रुका लागि नयाँ हवाई सेवा विस्तार गर्ने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै निगमका महाप्रबन्धक मदन खरेलले यसै वर्ष आन्तरिक उडानका लागि छ र अन्तराष्ट्रिय उडानका लागि दुईवटा विमान आउने जानकारी गराउँनुभयो । सन् २०२४ सम्म दश वर्षे व्यावसायिक योजनाअन्तर्गत आन्तरिक १६ र बाह्य उडानका लागि १५ विमानबाट सेवा दिने लक्ष्य राखिएको बताउनुभयो ।
प्रकाशित मिति: 2014-07-01 08:29:30
प्रतिक्रिया: