जापान समाचार

जापान आउने? भाषा सिकेर आउनुस है


शान्ति लामा / 2014-07-02 21:04:52


-शान्ति लामा।

भाषा बिनाको मानव जीवनमा कल्पनासम्म गर्न पनि सकिन्न।भाषाको महत्व कति हुन्छ भन्ने कुरा रोजगारीको लागि प्रवास भासेकाहरुले अनुभव गरेको हुन्छ।नेपामला नेपाली भाषा, ईन्डियमा ईन्डियन भाषा, जापानमा जापानी भाषा।भाषा बिनाको मुलुक छैन।मानिस जीबनयात्राको क्रममा को कहां पुग्नु पर्छ अनि कति देशमा भ्रमण, कामको सिलसिलामा बैदेशिक यात्रा गर्नु पर्छ।

आज जापानमा रहेर यहां भाषाको महत्व बारेमा केही सुनेको देखेको कुरा गर्न चाहन्छु। मातृ भाषा बाहेक अन्य भाषा सिक्नु र निपुणता हासिल गर्नु हिमाल चढनु जतिकै कठिन छ।देश अनुसारको भेष गर्नु जरुरी भए झै   देश अनुसारको भाषामा निपुणता हासिल गर्नु पनि उतिकै जरुरी छ।

जापान मात्र पुग्न पाए त भाषा भनेको त त्यही गएर बोल्दा, बोल्दै सिकिहालिन्छ भन्ने मानसिकता जापान प्रवेश गर्नु अगाडी सबैले बनाएको हुन्छ।यो सरासर गलत हो। शिक्षा बिनाको जीवन अन्धकार अनि भाषा बिनाको मानिस शारिरीक रुपमा सबल भए पनि  जिन्दगी अर्थहिन हुन्छ। कम्तिमा पनि जापानी भाषा सामान्य लेखपढ अनि यहांको रहन सहनको बारेमा राम्रो जानकारी राख्नु जरुरी छ।बिद्यार्थी, कुक, प्रशिक्षार्थी जुनसुकै स्टाटसमा जापानलाई कर्मभुमि बनाउन आएकाहरु प्राय सबैमा भाषाको समस्या रहेको छ।भाषामा कमजोर हुने बित्तिकै कुनै पनि काममा सोचेको जस्तो सफलता पाउन सक्दैन।ठुलो उद्देश्य बोकेर परिवार, आफन्त,समाज, साथीभाईलाई चटक्कै छोडेर लामो यात्रा तय गर्छन तर त्यही भाषसाको कमिले गर्दा भनेको जस्तो काम पाउन सक्दैन।जसोतोस काम पाईहाले पनि जापानि अनि अन्य देशका सहकर्मीहरुसंग सम्बन्ध बढाउन अनि सहकार्य गर्न निकै कठिन परिस्थितिको सामना गर्नु पर्छ।

जापान त्यस्तो मुलुक हो जहां अहिलेसम्म पनि जापानी बाहेका अन्य भाषा बोलिदैन।केही शब्दहरु अंग्रेजीको प्रयोग गरेपनि जापानी उच्चारण एकदमै फरक हुने भएकोले अंग्रजी शब्द पनि बुझ्न कठिन हुन्छ।जापानमा रहेका नेपालीहरुले भाषा निपुणता नभएकै कारण शारिरीक बल धेरै लगाउनु पर्ने काम गरिरिहेका छन।कतिले भाषाकै कारण काम समेत नपाएर टाउकोमा हात राखेर बस्न बाध्य छन।बोल्नै आउदैन भने कार्यस्थलमा पनि धेरै अप्ठ्याराहरुको सामना गर्नुपर्छ।धेरै जसो कम्पनिमा जापानी बाहेक पनि बिभिन्न मुलुकका कामदारहरुसंग काम गर्नु पर्ने हुन्छ।भाषाको समस्याको कारण अरुले बिगारेको कामको भागिदार बन्नु परेको कुरा पनि धेरै नेपालीले भेटघाटमा सुनाउने गर्छन।

जापानी भाषा बोल्न नआउनेलाई काम सिकाउन,अह्राउन अनि सामान्य कुराकानी गर्न पनि कठिन हुने हुंदा काममा राख्न त्यति मन गर्दैन। भाषा राम्रो बोल्न आएमा,कम्तिमा पनि कुराकानी गर्न सकेमा, हिरागाना, काताकाना लेख्न जानमा अहिले जापानको कुनै पनि ठाउंमा सजिलै काम पाउन सकिन्छ। झन खान्जी नै लेख्न,पढन सकेमा निकै राम्रो काम अनि अवसर पाउने संभावना धेरै हुन्छ।

बिद्यार्थी होस वा कामको सिलसिलामा होस जुनसुकै उद्देश्यको लागि जापान आउने सोच बनाउनु भएको छ भने कम्तिमा साधारण बोलीचाली गर्न सक्नेसम्मको भाषा सिकेर आउनुस।यहां आएर आंसुको भेल बगाउनु भन्दा नि केही समय लगाएर भाषा, जापानि रहसहन, जापानी संस्कृतिको बारेमा जानकारी लिएर आउनु भएमा जापान बसाई सहज हुनेछ।अनि जापान आईसक्नु भएको छ भने समय निकालेर भाषाको अध्ययन गर्नु बुद्दिमानी हुनेछ। भाषामा निपुणता हासिल गरेर आफ्नो जापान बसाईलाई सहज अनि सरल बनाउनु होला।  


प्रकाशित मिति: 2014-07-02 21:04:52
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing