ओकिनावामा भिषण समुद्री आंधि शुरु
Admin / 2014-07-07 23:24:48
ओकिनावा,जापान।
जापानको दक्षिणी टापु ओकिनावामा सामुद्रिक आँधी सुरु भएको छ । आँधीका कारण त्यस क्षेत्रका सबै बस,रेलवे लगायतका अन्य यातायात सेवा रोकिएका छन् ।
जापानको मौसम एजेन्सीले हिजो सामेबार नै ओकिनावा क्षेत्रमा सामुद्रिक आँधी आउँनसक्ने भन्दै उच्च सतर्कता अपनाउँन चेतावनी जारी गरेको थियो । यस दशककै सबैभन्दा खतरनक हुनसक्ने अनुमान गरिएको यो आंधिलाई नियोगुरी नामाकरण गरिएको छ। २७० किलोमिटर प्रतिघण्टाका दरले आउने नियोगुरी आँधीबाट ठूलै धनजनको क्षति हुनसक्ने चेतावनी दिइएको छ । उक्त टापुमा अहिले १२ लाख जनजंख्याको बसोबास रहँदै आएको छ ।
केही वर्ष अघि आएको आँधीबाट बढी प्रभावित मियाको टापुमा ५३ हजार मात्र जनसंख्या थियो । त्यति जनजंख्या रहेको क्षेत्रमा गएको आँधीबाट समेत हजारौंको ज्यान गएको थियो ।
जापानको मौसम विभागका अनुसार यो आँधीको छाल १४ मिटर सम्मको हुनसक्नेछ । यसले सन् २०११ मा सेन्दाईमा सुनामीले गरेको क्षतिलाई समेत विर्सने गरी भौतिक र मानवीय क्षति पुर्याउन सक्ने बताइएको छ ।
एजेन्सीहरुको सहयोगमा।
प्रकाशित मिति: 2014-07-07 23:24:48
प्रतिक्रिया: