नेपाल समाचार

चुरे सेनालाई जिम्मा दिने तयारी


Admin / 2014-05-13 22:18:45


नेपाल व्युरो- वैशाख ३१, काठमाडौ । 

चुरे क्षेत्रको विनाश उत्कर्षमा पुगेर तराई मरुभूमीकरण हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणमा सेना खटाउने तयारी गरेको छ।

राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको संरक्षण गर्दै आएको सेनालाई चुरे क्षेत्रको जिम्मेवारी दिन विभिन्न चरणमा छलफल भइरहेको उच्च सरकारी स्रोतले जानकारी दियो। सरकारले नीतिगत निर्णय भने गरिसकेको छैन। सरकारी तहबाट ‘ग्रिन सिग्नलु पाएपछि सेनाले चुरे क्षेत्रको अध्ययन सुरु गरेको हो।

‘चुरे संरक्षणको जिम्मेवारी सेनालाई दिने विषयमा नीतिगत निर्णय भइसकेको छैन,’ वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले मंगलबार भने।

प्रधानमन्त्री सुशील कोइराला, वनमन्त्री आचार्यलगायत आधा दर्जनभन्दा बढी मन्त्रीले गत चैत १० गते सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्दा पहिलोपटक चुरे क्षेत्रको संरक्षण जिम्मेवारी सेनालाई दिनेबारे छलफल भएको थियो। छलफलमा प्रधानसेनापति गौरवशमशेर राणाले ‘सेना तयार रहेको’ जनाउ दिएपछि थप तयारी अघि बढाइएको हो।

स्रोतका अनुसार प्रधानमन्त्रीबाटै चुरे संरक्षणको कुरा आएपछि सेना उत्साही भएर आन्तरिक गृहकार्यमा जुटेको छ। सरकारसँग केही चरणको छलफलपछि सेनाले सम्पूर्ण चुरे क्षेत्रको अध्ययन गर्न आन्तरिक रूपमा समूह बनाएर खटाइसकेको छ।

सैनिक उच्च स्रोतका अनुसार चुरेले कति क्षेत्र ओगटेको छ, कति जिल्लामा फैलिएको छ, विनाशको कारण के हो, कसरी विनाश भइरहेको छ, संरक्षणमा वार्षिक कति खर्च लाग्छ, कति सैनिक परिचालन गर्नुपर्छ जस्ता प्रश्नको जवाफ खोज्न सेना आन्तरिक अध्ययनमा जुटेको छ।

‘चुरे संरक्षणका लागि सरकार तर्फबाट प्रस्ताव आएको छ। कुरा भइराखेको छ,’ सैनिक उच्च स्रोतले भन्यो, ‘अहिले हामी चुरे संरक्षण कसरी गर्न सकिन्छ भनेर आन्तरिक अध्ययन गरिरहेका छौं।’

पूर्वमाओवादी लडाकु समायोजन गर्दा गठन गरिएको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयलाई चुरे संरक्षणको जिम्मेवारी सुम्पिने आन्तरिक तयारी सेनाभित्र भइरहेको छ। महानिर्देशनालयभित्र विपद व्यवस्थापन, वन सुरक्षा र विकास निर्माण निर्देशनालय रहेकाले चुरे संरक्षण हेर्ने जिम्मेवारी सोही महानिर्देशनालयलाई दिन उपयुक्त हुने निर्क्योलमा जंगी अड्डा पुगेको सैनिक स्रोतले बतायो।

वन मन्त्रालय स्रोतका अनुसार चुरे क्षेत्र बचाउने सरकारको ‘सफ्ट एप्रोचु ले काम नगरेपछि उक्त जिम्मेवारी सेनालाई दिन गृहकार्य थालिएको हो। ‘चुरे संरक्षणमा सेनाबाहेकका सबै सरकारी निकाय परिचालन भइरहेका छन् तर प्रगति सुन्य छ। सेनालाई उक्त जिम्मेवारी दिनु चुरे संरक्षणको एउटा राम्रो विकल्प हो,’ स्रोतले भन्यो।
प्रकाशित मिति: 2014-05-13 22:18:45
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing