निर्वाचन आयोगको बैठक आज बस्दै
Admin / 2014-07-18 03:16:32
नेपाल ब्युरो–साउन २,काठमाडौँ ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने उपायबारे छलफल गर्न निर्वाचन आयोगको बैठक आज बस्ने भएको छ ।
विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा संविधानसभामा रहेका दलहरुसँग सुझाव लिन लागिएको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जानकारी दिनुभयो ।
आज दिउँसो आयोगमा हुने छलफलमा आयोगले गरेको अध्ययन र त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुने उप्रेतीले बताउनुभयो ।
यसअघि आयोगका आयुक्त डा. रामभक्त पिवि ठाकुरको संयोजकत्वमा बनेको कार्यदलले विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्ने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाएको छ ।
कार्यदलले सुरुमा पाँचवटा देशबाट परीक्षणको रुपमा नाम दर्ता गर्ने काम शुरु गर्न सुझाव दिएको थियो ।
प्रकाशित मिति: 2014-07-18 03:16:32
प्रतिक्रिया: