सरकारले कमैया मुक्ति घोषणा गरेको आज १४ वर्ष पूरा
Admin / 2014-07-18 03:59:28
नेपाल ब्युरो– साउन २, काठमाडौँ ।
सरकारले कमैया मुक्ति घोषणा गरेको आज १४ वर्ष पूरा भएको छ ।
लामो समयदेखि अर्काको घरमा काम गरेर बस्न बाध्य कमैयाहरुलाई सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा आज कमैया मुक्ति दिवस मनाइँदैछ ।
दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा रहेका कमैयालाई मुक्त भएको घोषणा गरी कमैयाले लिएको ऋण मिनाहा गर्दै कुनै व्यक्तिलाई कमैया श्रमिकको रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काममा लगाउन प्रतिबन्ध लगाएको हो ।
सरकारले मुक्त कमैयाहरुको बसोबासको व्यवस्था मिलाउनुका साथै घर निर्माण खर्च, काठ तथा विभिन्न सीपमूलक तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ ।
तर मुक्त कमैयाको अधिकारका लागि लड्दै आएका अधिकारकर्मीले भने सरकारले दावी गरेजस्तो पुनस्र्थापनाको काम नभएको र वास्तविक लगत पनि नलिएको आरोप लगाएका छन् ।
प्रकाशित मिति: 2014-07-18 03:59:28
प्रतिक्रिया: