मलेसियाली विमान दुर्घटना भएको स्थानमा अनुसन्धान सुरु
Admin / 2014-07-19 03:45:31
नेपाल ब्युरो– साउन ३, एजेन्सी ।
पूर्वी युक्रेनमा संघर्षरत विद्रोहीहरुको अनुमति पछि अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरु मलेसिया एअरलाइन्सको विमान दुर्घटना भएको स्थानमा पुगेका छन् ।
युक्रेनको ग्रामीण क्षेत्र नजीकै भएको उक्त दुर्घटनास्थलमा ३० जना अनुसन्धानकर्ताहरु हेलिकप्टरमार्फत पुगेको विविसिले जनाएको छ ।
रुस समर्थक विद्रोहीहरुले हिजो क्षेप्यास्त्र प्रहार गरी खसालिएको मलेसिया एअरलाइन्सको यात्रुवाहक विमानको भग्नावशेष रहेको स्थानमा अन्तर्राष्ट्रिय छानविनकर्ताहरुलाई जान दिने बताएका थिए ।
आम्सट्रडमबाट क्वालालम्पुर तर्फ आईरहेको एम एच १७ को बोईङ ७७७ विमान विद्रोहीको पकड रहेको क्षेत्रमा खस्दा त्यसमा सवार झण्डै तीनसय जनाको ज्यान गएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद बैठकले उक्त दुर्घटनाको पूर्ण, विस्तृत र स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान गर्नका लागि आग्रह गरेको छ ।
यता, युक्रेनी अधिकारीहरुले उक्त विमानमाथि विद्रोहीहरुले आक्रमण गरी खसालेको प्रमाण आफूहरुसँग रहेको दावी गरेका छन् । विद्रोहीहरुले उक्त दावी गलत भएको बताउँदै आएको छ ।
प्रकाशित मिति: 2014-07-19 03:45:31
प्रतिक्रिया: