मलेसियन विमान दुर्घटनाको अनुगमनमा बाधा नदिन आग्रह
Admin / 2014-07-20 03:47:50
नेपाल ब्युरो–साउन ४, एजेन्सी ।
युक्रेनमा दुर्घटनामा परेको मलेसियन बिमानका बारेमा दुर्घटनास्थलमा अनुगमन गरिरहेका अनुगमनकर्तालाई निर्वाध रुपमा अनुगमन गर्न दिइनुपर्ने पश्चिमा राष्ट्रले बताएका छन् ।
अनुगमनमा वाधा नपुर्याउन बिद्रोहीलाई दबाब दिन रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई आग्रह गरेको डच प्रधानमन्त्री मार्क रुटलाई उदृत गर्दै विविसिले जनाएको छ । बिमानमा सवार २ सय ९८ यात्रुमध्ये १ सय ९३ जना डच नागरिक थिए ।
अमेरिका र बेलायतले पनि दुर्घटनास्थलको पूर्ण पहुँचका लागि बिद्रोहीलाई दबाब दिन रुससंग माग गरेका छन् । निर्वाध रुपमा घटनाको अनुसन्धान गर्न दिने बताएका बिद्रोही लडाकुले दुर्घटनास्थललाई नियन्त्रणमा लिई अन्तर्राष्ट्रिय अनुगमनकर्तालाई अवरोध पु¥याएपछि पश्चिमा मुलुकले यस्तो दवाव दिएका हुन् ।
नेदरल्याण्डको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आईरहेको मलेसियन एयरलाईन्सको एम एच १७ बोइङ ७७७ बिमान गत बिहिबार युक्रेनको बिद्रोही पकड क्षेत्र लुहान्स्कमा दुर्घटना भएको थियो ।
युक्रेन सरकार र बिद्रोही दुवैले एक अर्कालाई क्षेप्यास्त्र प्रहार गरी बिमान खसालेको आरोप लगाउदै आएका छन् ।
प्रकाशित मिति: 2014-07-20 03:47:50
प्रतिक्रिया: