नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
Admin / 2014-08-19 02:42:13
नेपाल ब्युरो– भदौ ३, काठमाण्डौ । नेपालि कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
सरकारको मूल्यांकन र सरकारले गरेका कामको समीक्षा गर्न सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ ।
सत्ता साझेदार दल नेकपा एमाले तथा प्रमुख प्रतिपक्षि दल एकीकृत माओवादीले सरकारको गति सुस्त भएको बताइरहेका बेला पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी वैठकमा सरकारमा सहभागी काग्रेसका मन्त्रीहरु, संविधानसभा अन्तर्गतका विभिन्न समितिमा रहेका पदाधिकारीहरुलाई बोलाइएको छ ।
आजको बैठकमा संविधान निर्माणमा भएको प्रगति, विभिन्न विवादित विषयमा भएको सहमति, सरकारको कामकारबाही, पछिल्लो राजनीतिक अवस्था, बाढीपहिरोले देशभर पु¥याएको क्षति लगायतका विषयमा समेत छलफल हुँदैछ ।
प्रकाशित मिति: 2014-08-19 02:42:13
प्रतिक्रिया: