नेपाल समाचार

गगन थापा र रबिन्द्र अधिकारीको कांधमा जिम्मेवारी


Admin / 2014-08-21 02:51:47


काठमाडौं, ४ भदौं । नेपाली युवा पुस्ताले आइकनका रुपमा लिएका दुई युवा नेता रवीन्द्र अधिकारी र गगन थापाको काँधमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

सधैँ चर्चामा रहिरहने एमाले युवा नेता रवीन्द्र र काँग्रेसका गगनले संसदीय समितिको महत्वपूर्ण जिम्मेवारी पाउन लागेका हुन् । कांग्रेसका तर्फबाट गगन संसद्को कृषि तथा जलस्रोत समितिको सभापतिमा सिफारिस भएका छन् भने एमालेका तर्फबाट रवीन्द्रले अर्थ समितिको सभापतिको जिम्मेवारी पाउन लागेका हुन् । पदीय हिसाबले एकै भएपनि गगनको भन्दा रवीन्द्रले पाउन लागेको अर्थ समिति बढी महत्वपूर्ण छ । तर, विद्यार्थी राजनीतिबाट उठेका र आआफ्नो पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका यी दुई नेताले पहिलोपटक पाउन लागेको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्लान त ? प्रश्न उब्जिएको छ ।

पार्टीभित्र मात्र होइन, आम कार्यकर्ता र जनस्तरमा पनि चर्चा कमाएका दुबै नेता उमेरका हिसावमा भने अन्य सभापति भन्दा कम उमेरका छन् ।

विगतमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र युनियनबाट राजनीतिक उचाई लिदैँ आएका गगन नेपाल विद्यार्थी संघको महामन्त्री भएका थिए । गणतान्त्रिक आन्दोलनमा राम्रो प्रभाव छाड् सकेकै कारण उनले पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट मनोनित सभासद बन्ने सौभाग्य पाएका थिए । टिके सभासद्को रुपमा संविधानसभामा प्रवेश गरेको आरोप लगाउनेहरुलाई दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा अत्याधिक मतसहित विजयी भएर गगनले आफ्नो जनमत पुष्टि गरिसकेका छन् । खासगरि, ०६७ सालको असोजमा भएको कांग्रेसको १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि गगनको लोकप्रियता चुलिएको थियो ।

यता, रवीन्द्र भने एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष नै बन्ने मौका पाए । अघिल्लो संविधानसभामा पनि सभासद् निर्वाचित भएका दोस्रो संविधानसभामा पनि कास्कीबाटै निर्वाचित भएका हुन् । आफूभन्दा सिनियरहरुलाई पनि पछि पार्दै रवीन्द्र लगातार दुईपटक सभासद् जितेर जनमतको पुष्टि गरिसकेका छन् । तर, उनी त्यो पदमा आइपुगेका छन्, जहाँ बोलेर होइन, गरेर देखाउनुपर्छ । या जनताले दिएको खास मतको परिक्षाकक्षमा उभिएका छन्, रवीन्द्र ।

२०४६ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा सचिव र ४९ सालमा सभापति पदमा निर्वाचित भएका अधिकारी २०६० सालमा नेकपा एमाले, कास्कीको सचिव बनेका थिए । ०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्सको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा बनेका अधिकारी भर्खरै सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका छन् ।

उहाँले पनि संविधान निर्माणका क्रममा पाएको अहिलेसम्मको सबै भन्दा ठूलो जिम्मेवारी हो । सभासद्पछि रवीन्द्रले पाउन लागेको यो सबैभन्दा ठूलो महत्वपूर्ण जिम्मेवारी हो ।

जनता र मिडियाको नजरमा आइकन रहेका यी दुई नेता साँच्चै सफल हुन्छन् या असफल । अबको केही महिनाले नै बताउनेछ ।

प्रकाशित मिति: 2014-08-21 02:51:47
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing