राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि आजपनि छलफल -
Admin
नेपाल ब्युरो–असार ४, काठमाडौँ ।
राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि संविधानसभाको आजको बैठकमा छलफल जारी रहेको छ ।
आजको बैठकमा बाँकी सभासद्हरुले तत्कालिन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । अघिल्लो संविधानसभामा पनि सबैभन्दा बढी विवादित देखिएको शासकीय स्वरुपबारे सभासद्हरुले पार्टीको पुरानै अडान अनुसार शासकीय स्वरुप हुनुपर्ने बताईरहेका छन् ।
नेपाली काङग्रेसका सभासद्ले संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी र आलङकारिक राष्ट्रपति हुनुपर्ने धारणा राखिरहेका छन् भने नेकपा एमालेका सभासद्ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई कार्यकारी बनाउनुपर्ने अडान दोहोर्याईरहेका छन् । यस्तै तेस्रो ठुलो दल एकीकृत माओवादीका सभासद्ले जनताद्धारा प्रत्यक्ष निर्वाचित राष्ट्रिपतिय प्रणालीको पक्षमा देखिएका छन् ।
प्रकाशित मिति: 2014-06-18 02:45:08
प्रतिक्रिया: