अलजजीरा टेलिभिजनका ३ पत्रकार पक्राउ -
Admin
नेपाल ब्युरो–असार १०, एजेन्सी ।
इजीप्टमा अलजजीरा टेलिभिजन च्यानलका तीनजना पत्रकारहरुलाई, गलत समाचार फैलाएको र प्रतिबन्धित मुस्लीम ब्रदरहुड समूहलाई समर्थन गरेको अभियोगमा दोषी ठहर गर्दै सात वर्षको जेल सजायं सुनाइएको छ ।
ती पत्रकारहरु, अष्ट्रेलियाका नागरिक तथा बीबीसीका भूतपूर्व सम्बाददाता पीटर ग्रेस्ट, इजीप्टेली मूलका क्यानाडेली नागरिक मोहमद फाहमी र इजीप्ट बहेर मोहम्मदले आफू विरुद्धको अभियोगलाई अस्वीकार गरेका छन् ।
अल जजीरा टेलीभिजनले अदालतको फैसलालाई अतिशयोक्ति र अन्यायपुर्ण भन्दै निन्दा गरेको छ ।
प्रकाशित मिति: 2014-06-24 03:57:59
प्रतिक्रिया: