नेपाल ब्युरो–असार १८, एजेन्सी।
फ्रान्सेली पूर्व राष्ट्रपति निकोलस सार्कोजीमाथि पदको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरि सोधपुछ थालेको छ ।
उनलाई सोधपुछका लागि आजसम्ममात्रै प्रहरीले नियन्त्रणमा राख्न सक्ने बिबिसीले जनाएको छ ।
सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका उनीमाथि पदको दुरुपयोग गरेर राष्ट्रको गोप्य सूचना व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको र न्यायाधीशलाई प्रभावित पार्न खोजेको आरोप छ । यो आरोपले तीन वर्षपछि हुने राष्ट्रपतिको चुनावमा पुनः उठ्ने सार्कोजीको योजनामाथि चुनौति पनि थपिएको छ ।
सार्कोजीमाथि यसअघि सन् २००७ को राष्ट्रपति चुनावका बेला धनाढ्य महिलासंग कानुनले तोकेको भन्दा धेरै आथिर्क सहयोग लिएको आरोप पनि लागेको थियो । सन् २०१२ मा पदबाट हटेदेखि नै उनीमाथि अनियमिताका विभिन्न आरोप लागेको थियो ।