नयाँ दिल्ली, भाद्र १२।
दिल्लीको मेहरौलीमा नेपाली युवतीमाथि भएको बलात्कार घटनाको
बिरोधमा दिल्ली विश्वबिद्यालयमा अध्यनरत नेपाली बिद्यार्थीको समुहले बुधबार
अपरान्ह सांकेतिक जुलुसको आयोजना गरेका छन् ।
विश्वबिद्यालयमा
रहेको नेप्लीज स्टुन्डेन्ट एशोसिएसनको तत्वाधानमा आयोजित बिरोध जुलुसमा नेपाली तथा
भारतीय बिद्यार्थी समेत संलग्न थिए । बिद्यार्थी प्रतिनिधि राजदीप भुषण महतका
अनुसार नेपाली २५ सहित ४० भन्दा बढी बिद्यार्थी बिरोध जुलुसमा सहभागी थिए । बुधबार
अपरान्ह ४:३० मा सुरु भएको बिरोध
जुलुसले युनिबर्सिटी आसपासको क्षेत्रमा १ घण्टा मार्चपास गरेको थियो । 'नेपाली युवतीमाथिको बलात्कार
घटनाको निन्दा गर्न र दिल्ली क्षेत्रमा भैरहेका बलात्कार तथा असुरक्षाका घटनामा
सम्बद्ध निकायको ध्यानाकर्षण गराउन यो र्यालीको आयोजना गरेका हौं,'महतले भने ।
दिल्लीको
दक्षिण-पश्चिम क्षेत्रस्थित पर्ने मेहरौलीमा गत आइतबार राती भएको बलात्कार १९
बषिर्या नेपाली युवतीमाथि ५ जना युवकले सामुहिक बलात्कार गरेका थिए । बलात्कारमा
संलग्नमध्ये ३ युवक र यो घटनामा एजेन्टको काम गर्ने दार्जीलिङ मुल घर भएकी महिला
पक्राउ परेर कानूनी कारवाही प्रकृया अघि बढिसकेको छ । बलात्कृत युवतीको घर
काठमाडौं भनिएपनि सबै पहिचान स्पष्ट हुन सकेको छैन ।
नेपाली
दुतावासमा सुरक्षा मामला हेर्ने काउन्सेलर राजेन्द्रमान श्रेष्ठले यो घटनामा
संलग्न अरु अभियुक्त समेत पक्राउ पर्ने क्रममा रहेको जानकारी स्थानीय सुरक्षा
निकायले आफूलाई दिएको बताए । मंगलबारबाट स्थानीय जिल्ला अदालतमा दर्ता भएको
बलात्कार काण्डमा स्थानीय प्रहरी अनुसन्धान प्रभावकारी रहेको र आवश्यक समन्वयका
निम्ति दुतावास समेत तत्पर रहेको श्रेष्ठले जानकारी दिए ।