मानव बेचबिखन विरुद्धको आठौ राष्ट्रिय दिवस आज मनाईदै
Admin / 2014-09-05 02:43:08
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
मानव बेचबिखन विरुद्धको आठौ राष्ट्रिय दिवस आज मनाईदै छ ।
उक्त दिवस आज विभिन्न कार्यक्रम गरेर मनाउन लागीएको हो ।
जागौँ जागौँ, मानव बेचबिखन रोकन सबै लागौ” भन्ने नाराका साथ दिवस मनाउन लागिएको महिला बालबालिका तथा समाज कल्यााण मन्त्रालयले जनाएको छ । दिवसको अवसरमा सुभकामना सन्देश दिनुहुदै प्रधानमन्त्री सुशील कोइरालाले व्यक्तिगत स्वार्थ र आर्थिक लोभका कारण मानव बेचविखन जस्ता जघनय अपराध हुने भएकाले यसमा संलग्न व्यक्तिलाई कठोर सजाय र दण्ड दिनुपर्ने बताउनुभयो ।
यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले बेचविखन विद्धको अभियानमा नेपाल सरकार र यस क्षेत्रमा कार्यरत सबै गैरसरकारी सँघ सस्थासँग सहकार्य गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियनमा प्रतिवद्ध रहने बताउनु भएको छ ।
नेपालमा हरेक वर्ष १२ हजार महिला तथा बालिका बेचविखनको जोखिममा रहेको विभिन्न तथ्याङ्कहरुले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले चार दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००६ देखि अहिलेसम्म १८ वर्ष मुनिका झन्डै १२ हजार जना बोचिएका छन् ।
प्रकाशित मिति: 2014-09-05 02:43:08
प्रतिक्रिया: