नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
लोडसेडिङको समय भोलदेखि फेरी बढ्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले भोलि शनिवारदेखि लागु हुने गरी परिवर्तित लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।
साविकको तालिकामा केही हेरफर गर्दै तालिकामा केही समय परिर्वतन गर्न लागेको हो । प्राधिकरणको नयाँतालिका अनुसार यसअघि सातामा ५२ घन्टा हुँदै आएको लोडसेडिङ अब ५७ घन्टासम्म हुनेछ ।
सूर्यास्तको समय परिर्वतन, प्रणालीमा लोड बृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृह समेत हाल सञ्चालन हुन नसेको जनाउँदै साविकको तालिकामा हेरफेर गर्नुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।