युएफा च्याम्पियन्स लिग आजबाट
Admin / 2014-09-16 03:42:46
नेपाल ब्युरो–भदौ ३१,काठमाडौ ।
युएफा च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ ।
युरोपको सबैभन्दा ठुलो क्लव फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिन चार वटा समुहका पहिलो चरणका ८ खेल हुँदैछन ।
समुह ए अन्तर्गतका खेलहरुमा ईटालीको युभेन्टस र स्विडेनको माल्मो एफ एफ तथा स्पेनको एथ्लेटिको मड्रिड र ग्रिसको ओलम्पियाकोस भिड्नेछन ।
यसैगरी समुह बी मा इंग्ल्याण्डको लिभरपुल र बुल्गेरीयाको लुदोगोरेट्स राज्गार्ड तथा स्पेनको रियाल मड्रिड र स्विजरल्याण्डको एफ सी बाजल भिड्ने छन ।
५ पटकको युरोपियन च्याम्पियन लिभरपुल ५ वर्षको अनुपस्थितीपछि च्याम्पियन्स लिग फुटबलमा पुनः फर्कीएको हो । उता समुह सि अन्तर्गतका खेलहरुमा पोर्चुगलको बेनीफीका र रुसको जेनिथ तथा जर्मनीको बायर लिभरकुजन र फ्रान्सको मोनाको भिड्नेछन्न् ।
समुह डी मा आज जर्मनीको बोरुसीया डर्टमण्ड र इंग्ल्याण्डको आर्सनल भिड्नेछन भने टर्कीको गालातासारे र बेल्जियमको एन्डरलेचविच खेल हुँदैछ । युएफा च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका बाँकी ८ खेलहरु भोली हुनेछन ।
प्रकाशित मिति: 2014-09-16 03:42:46
प्रतिक्रिया: